काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सम्बन्ध देखिएपछि पक्राउ परेका इनम सापकोटाले आफूलाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।
सापकोटाकी श्रीमती कविता पाण्डेले आयोगमा दिएको निवेदनमा सापकोटालाई आफूलाई थाहा नभएका तथा झुटा विषयमा हस्ताक्षर गर्न दबाब दिइएको उल्लेख छ । लामो समयसम्म हस्ताक्षर गर्न अस्वीकार गरेपछि मुद्दा लगाएर जेल हाल्ने धम्की दिइएको र आँखामा पट्टी तथा चश्मा लगाएर गाडीमा राखी अन्यत्र लगिएको निवेदनमा दाबी गरिएको छ ।



सापकोटाले आफू र परिवारको जिउज्यानको सुरक्षा, घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक कारबाही तथा गोपनीयताको हकसहित मौलिक अधिकारको संरक्षण गर्न आयोगसँग माग गरेका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले सापकोटाको तर्फबाट आयोगमा निवेदन परेको पुष्टि गरेका छन् ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














