‘काठमाडौं जलवायु कार्य सप्ताह २०२६’ को अवसरमा बायो ग्यास प्लान्टको उत्पादन परीक्षण सुरु भएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठ र काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले प्लान्टको संयुक्त रूपमा उद्घाटन गरेका हुन् । परीक्षण पश्चात उक्त प्लान्ट सञ्चालनका लागि काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । टेकुमा रहेको फोहोर व्यवस्थापन केन्द्रबाट निस्कने जैविक फोहोरलाई प्रशोधन गर्नु, जैविक फोहोरबाट बायोग्यास तथा मिथेन ग्यास उत्पादन गर्नु, फोहोरलाई ऊर्जामा रूपान्तरण गरी वातावरण प्रदूषण कम गर्नु, स्वच्छ, हरित र वातावरणमैत्री काठमाडौं निर्माणमा सहयोग पुर्याउने उद्देश्य सहित प्लान्टमा सञ्चालनमा ल्याइएको हो ।
यो प्लान्ट महानगरपालिकाको एकीकृत दिगो फोहर व्यवस्थापन परियोजनाअन्तर्गत २०७२ सालमा निर्माण सुरु गरेर २०७५ सालदेखि सञ्चालन थालिएको थियो ।लामो समयदेखि बन्द रहेको प्लान्ट पुनः सञ्चालन गर्दा दैनिक तीन मेट्रिकटन जैविक फोहरबाट १४ किलोवाट बिजुली, ३०० किलो जैविक मल, १३ हजार ५०० लिटर पानी उत्पादन गर्ने लक्ष्य राखिएको थियो । यसका लागि महानगरपालिका र युरोपियन युनियनले एक करोड ८२ लाख रुपियाँ लगानी गरेका थिए ।




प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














