१० मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच पाँच घण्टा लामो छलफल भएको छ ।
सभापति लामिछानेलाई भेट्न प्रधानमन्त्री शाह बूढानीलकण्ठस्थित उनको निवास पुगेका थिए । लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार भेटघाट सौहार्दपूर्ण वातावरणमा भएको थियो ।



छलफलका क्रममा प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमण, सरकारका कामकारबाही तथा आगामी योजनाबारे लामिछानेलाई जानकारी गराएका थिए ।
त्यसैगरी संसद् बैठक आह्वान, विधेयक, अध्यादेश, मन्त्री तथा मन्त्रालयका कामकारबाहीका विषयमा समेत छलफल भएको आचार्यले जानकारी दिए ।
भेटमा पार्टीले सञ्चालन गर्न लागेको प्रशिक्षण कार्यक्रमलगायतका विषयमा पनि कुराकानी भएको बताइएको छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














