झापा । झापाको शिवसताक्षी नगरपालिका र झापा गाउँपालिका जोड्ने कन्काई नदीमाथिको पुल निर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न भएको छ।
शर्मा एण्ड कम्पनीले निर्माण गरेको उक्त पुल ४२ महिनाको सम्झौता अवधिभन्दा करिब १२ महिना अगावै सम्पन्न गरेको हो। कम्पनीका सञ्चालक रमेश शर्माका अनुसार पुल निर्माणका लागि २०७९ पुस ११ गते सडक विभागसँग ठेक्का सम्झौता भएको थियो।



डिजाइन, सडक विभागको प्रक्रिया र निर्माणका लागि छुट्टाछुट्टै समय छुट्याइएको भए पनि कम्पनीले करिब ३० महिनामै निर्माण कार्य पूरा गरेको शर्माले बताए। डिजाइन स्वीकृतिमा ढिलाइ हुँदा चुनौती थपिए पनि लामो अनुभवका कारण समयमै काम सम्पन्न गर्न सफल भएको उनको भनाइ छ।
कुल ७१५ मिटर लम्बाइ रहेको पुल निर्माणका लागि भ्याट र पीएससहित १ अर्ब १२ करोड ५२ लाख ८२ हजार रुपैयाँ लागत लागेको छ।
शिवगञ्ज पुरानो बजार, पूर्वपश्चिम क्षेत्र र झापा गाउँपालिकालाई जोड्ने उक्त पुलमा २०८३ असार अन्तिमदेखि नै सवारीसाधन सञ्चालनमा आइसकेका छन्। हाल पुलमा रङरोगन तथा एप्रोच सडक निर्माणको काम भने जारी रहेको छ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














