काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६’ प्रतियोगिता आयोजना गर्ने भएको छ। बैंकले आगामी मंसिर १२ र १३ गते काठमाडौंको थलीस्थित गोकर्ण फरेस्ट रिसोर्टमा दुईदिने प्रतियोगिता सञ्चालन गर्न लागेको हो।
प्रतियोगिताले खेलप्रेमीहरूलाई खेल, प्रकृति र आपसी सद्भावको अनुपम अनुभव प्रदान गर्ने बैंकले विश्वास लिएको छ।



प्रतियोगितामा ‘होल इन वान’ विधाका विजेतालाई आधुनिक स्कोडा एसयूभी गाडी प्रदान गरिनेछ। यस्तै, अन्य विधाका विजेताहरूका लागि चन्द्रागिरि हिल्स र डिसहोमका विशेष प्याकेज पुरस्कारको व्यवस्था गरिएको बैंकले जनाएको छ।
प्रतियोगिता आयोजना गर्न आइएमई रेमिट, डिसहोम, चन्द्रागिरि हिल्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, एमएडब्लू तथा बाराहसिंघेको सहकार्य रहेको छ।
खेलकुद संस्कृतिको प्रवर्द्धन, आपसी सम्बन्ध विस्तार तथा विभिन्न क्षेत्रका खेलप्रेमी व्यक्तिहरूबीच अर्थपूर्ण सम्बन्ध स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बैंकले जनाएको छ।
ग्लोबल आइएमई बैंकले आधुनिक प्रविधिको प्रयोगमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको छ। साथै, युरोमनी अवार्ड फर एक्सलेन्स, बेस्ट बैंक ईएसजी नेपाल र बेस्ट इम्प्लोयरलगायतका सम्मानसमेत प्राप्त गरेको छ।
बैंकले मुलुकका सबै ७७ जिल्लामा आफ्नो सञ्जाल विस्तार गरेको छ। हाल बैंकका ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशमा तीन प्रतिनिधि कार्यालय रहेका छन्।
यसका साथै बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत रेमिट्यान्स भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउँदै आएको छ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














