काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणप्रति टिप्पणी गर्दै राष्ट्रिय मुद्दालाई पर्याप्त प्राथमिकता नदिएको आरोप लगाएका छन्।

ओलीले प्रधानमन्त्री बालेनको दिल्ली भ्रमण राष्ट्रको प्रतिनिधित्व गर्ने औपचारिक भ्रमणभन्दा निजी भ्रमणजस्तो देखिएको बताएका छन्।

प्रधानमन्त्रीले भारत भ्रमणअघि प्रमुख राजनीतिक दल, पूर्वप्रधानमन्त्री तथा सरोकारवालासँग आवश्यक परामर्श नगरेको विषयमा पनि आलोचना भइरहेको छ।अध्यक्ष ओलीले भ्रमणमा जानुअघि प्रधानमन्त्री बालेनबाट पूर्वप्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्रमन्त्रीहरु, विभिन्न पार्टी लगायत सरोकारवालाहरुसँग संवाद नभएको, २५ घण्टाका लागि गएर तुरुन्त फर्किने हुँदा त्यसमा राष्ट्रहितका एजेन्डामा गहिरो संवाद हुने अवसर गुमेको टिप्पणी गरे ।

बालेनको दुईदिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता भएको थियो। भेटवार्तामा आर्थिक सहयोग, व्यापार, ऊर्जा, पूर्वाधार तथा दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको थियो।

प्रधानमन्त्रीको भ्रमणलाई लिएर राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया आइरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ