काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले विधि र संसदीय व्यवस्थामाथि प्रहार गरिरहेको आरोप लगाउँदै त्यसविरुद्ध पार्टीले निरन्तर खबरदारी गर्ने बताएका छन् ।
बिहीबार धादिङबेसीमा नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति धादिङ क्षेत्र नम्बर २ द्वारा आयोजित कार्यक्रममा बोल्दै पौडेलले कांग्रेस प्रश्न गर्न जन्मिएको पार्टी भएकाले गलत कामविरुद्ध आवाज उठाउन पछि नहट्ने बताए ।



उनले विधि उल्लंघन हुँदा पनि प्रश्न नगरी बस्न नसकिने उल्लेख गर्दै कांग्रेसले आफ्नो जिम्मेवारी निर्वाह गर्ने स्पष्ट पारे ।
सरकारले विधि मिचेर अघि बढ्ने प्रवृत्ति जारी राखे कांग्रेस जस्तोसुकै बलिदान गर्न पनि तयार हुनुपर्ने उनको भनाइ थियो ।
पौडेलले सरकारका गलत काम र गतिविधिविरुद्ध कांग्रेसले निरन्तर खबरदारी गरिरहने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














