काठमाडौँ । ईनम सापकोटासहित तीन जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।
बिहीबार अदालतले ईनम सापकोटा, महेश श्रेष्ठ र सुशील भट्टलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।



काठमाडौँ जिल्ला अदालतका एक अधिकृतका अनुसार तीनै जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको हो। ईनमसँगको सम्बन्ध खुलेपछि महेश श्रेष्ठ र सुशील भट्ट पक्राउ परेका थिए।
श्रेष्ठ कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ सेकेन्डरी स्कुलका प्रिन्सिपल हुन् भने भट्ट लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्।
ईनममाथि राष्ट्र बैंक ऐन, २०५८ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गतका कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस्तै, श्रेष्ठ र भट्टमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सम्बन्ध देखिएपछि सबैभन्दा पहिले ईनम पक्राउ परेकी थिइन्। त्यसपछि उनीसँगको सम्बन्ध खुलेपछि अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको थियो।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














