काठमाडौं, मंसिर १० । नागरिक लगानी कोषले आफ्नो कोष परिचालनमा सामाजिक सुरक्षा कोषलाई मुख्य बाधकका रूपमा औंल्याएको छ ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले समान प्रकृतिको काम गर्ने संस्थाबीचको प्रतिस्पर्धा र विशेषगरी सामाजिक सुरक्षा कोषका कारण कोष परिचालनमा चुनौती थपिएको बताएका हुन् ।



उनका अनुसार सामाजिक सुरक्षा कोषले नागरिक लगानी कोषमा सहभागी भइसकेका संस्थालाई समेत पत्राचार गरी अनिवार्य रूपमा आफ्नो कार्यक्रममा सहभागी हुन दबाब दिने गरेको छ । साथै, रकम पठाउने तथा व्यवस्थापन गर्ने विषयमा कानुनी कारबाहीको प्रावधानले थप जटिलता सिर्जना गरेको उनले बताए ।
कार्कीले जनशक्ति अभावका कारण पूँजी बजारमा निजी क्षेत्रका सेवा प्रदायक संस्थासँग प्रतिस्पर्धा गर्नसमेत कठिन भइरहेको उल्लेख गरे ।
त्यसैगरी, हकप्रद सेयरमार्फत तत्काल पूँजी संकलन गर्ने उद्देश्य नरहेको स्पष्ट पार्दै उनले ऐनले तोकेको अधिकृत पूँजीको सीमाभित्र रहेर कमाइअनुसार बोनस सेयरमार्फत क्रमिक रूपमा पूँजी वृद्धि गर्ने योजना रहेको जानकारी दिए ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














