चितवन । भरतपुर महानगरपालिकाका मुख्य सहरी क्षेत्रमा ट्राफिक बत्ती सञ्चालनमा ल्याइएको छ। सवारीसाधनको चाप व्यवस्थापन तथा ट्राफिक आवागमनलाई सहज र व्यवस्थित बनाउने उद्देश्यले महानगरका प्रमुख चोकहरूमा ट्राफिक बत्ती सञ्चालन गरिएको हो।



चितवनका मुख्य सहरी क्षेत्र नारायणगढ र भरतपुरमा ट्राफिक बत्ती सञ्चालनमा ल्याइएको छ । सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना बढाउने उद्देश्यका साथ ती बत्ती सञ्चालनमा ल्याइएको हो ।
पुलचोक–गोन्द्राङको छ लेन सडक र बाइपास रोडका विभिन्न छ स्थानमा ‘ट्राफिक लाइट’ जडान गरिएको छ ।
ट्राफिक बत्ती सञ्चालनमा आएसँगै सवारी आवागमन व्यवस्थित हुने, ट्राफिक जाम कम हुने र सडक दुर्घटनाको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसले पैदलयात्री तथा सवारी चालकलाई समेत सहज हुने विश्वास गरिएको छ।
भरतपुरको चौबिसकोठीमा भरतपुर महानगरपालिकाका कार्यवहाक प्रमुख चित्रसेन अधिकारी र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्विच थिचेर संयुक्त रूपमा ट्राफिक बत्ती सञ्चालनमा आएको घोषणा गरे ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














