काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको भूमि कुनै पनि विदेशी शक्तिले छिमेकी मुलुकविरुद्ध सैन्य गतिविधि गर्ने अखडाका रूपमा प्रयोग गर्न नहुने बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राष्ट्रियता अहिले सङ्कटमा रहेको उल्लेख गर्दै विदेशी शक्तिहरूप्रति सचेत रहन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

नेपालले नेपालको भौगोलिक अवस्थालाई ध्यानमा राख्दै असंलग्न परराष्ट्र नीति अपनाउनुपर्ने र दुवै छिमेकी मुलुकसँगको सम्बन्ध सुमधुर बनाउनुपर्ने बताए । साथै, प्राकृतिक तथा अन्य स्रोतसाधनको उपयोगका विषयमा नेपाल कुनै विवादमा पर्न नहुने उनको भनाइ थियो ।

उनले पार्टी निर्माण र सङ्गठन विस्तारका लागि योग्य तथा सक्षम कार्यकर्ता तयार गर्न नियमित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्नेमा पनि जोड दिए ।

राजनीतिक परिवर्तनका लागि आन्दोलन महत्त्वपूर्ण हुने भन्दै उनले जनतामा चेतना र जागरण फैलाउन पार्टीले जनपरिचालनलाई प्राथमिकता दिनुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ