१२ मंसिर, चितवन । तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्डमा भिरबाट खसेर विद्यालय भ्रमणमा गएका एक विद्यार्थी बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा भरतपुर महानगरपालिका–६ चोकबजारका १५ वर्षीय अंकित गुरुङ रहेका छन् । उनी भरतपुरस्थित पारिजात माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए ।

शनिबार साँझ करिब ६:१० बजे आँबुखैरेनी गाउँपालिका–४ डम्पिङस्थित पृथ्वी राजमार्गको छेउबाट पिसाब फेर्न जाने क्रममा उनी भिरबाट करिब ५०–६० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

विद्यालयको भ्रमण सकेर पोखराबाट चितवन फर्किँदै गरेको ना.४ ख ५२८५ नम्बरको बसमा उनी सवार थिए ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी टोली खटिएर बेपत्ता विद्यार्थीको खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ ।खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ