काठमाडौं, १२ मंसिर। हनुमानढोका दरबार क्षेत्रको नसलचोक डबलीमा शनिबार नरदेवी श्वेतकाली (ङतभुलु अजिमा) को परम्परागत नाच प्रदर्शन गरिएको छ।
हरेक १२ वर्षमा आयोजना हुने यो परम्परागत नाच मंसिर ९ गतेदेखि सुरु भएको थियो। नरदेवीस्थित श्री श्वेतकाली घ:छेबाट सुरु भएको नाच तलेजु भवानी मन्दिर परिसर र कुमारी घरअगाडिको डबलीमा समेत प्रदर्शन गरिएको थियो।



नाचमा अजिमा, कुमारी, कुमार, नारायणी, महालक्ष्मी र महादेवसहित १९ देवीदेवताको प्रस्तुति रहने गर्छ। शनिबार नसलचोकमा नाचको अन्तिम दिनको प्रस्तुति गरिएको हो।
परम्परागत सांस्कृतिक नाच अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल पत्नीसहित नसलचोक पुगेका थिए। त्यस्तै काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल र नेपाली कांग्रेसका सभापति गगन थापाले पनि नाच अवलोकन गरेका थिए।
१२ वर्षमा एकपटक आयोजना हुने यस नाचले काठमाडौंको मौलिक संस्कृति, परम्परा र धार्मिक महत्वलाई उजागर गरेको छ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














