जुम्ला । झारफुक गरेर निको पार्ने बहानामा १४ वर्षीया किशोरीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक झाँक्री पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जुम्लाको गुठीचौर गाउँपालिका–१ निवासी ४६ वर्षीय कालीबहादुर रोकाया रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओका आधारमा शनिबार दिउँसो करिब १२ बजे प्रहरी चौकी मणिसाँघुबाट खटिएको टोलीले उनलाई आफ्नै घरबाट पक्राउ गरेको हो ।

रोकायाले सोही स्थानकी १४ वर्षीया किशोरीलाई झारफुक गरेर निको पार्ने भन्दै अभद्र व्यवहार गरेको आरोप लागेको छ ।

पक्राउ परेका रोकायालाई जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

समाचारलाई अझै छोटो बनाउनुहोस्शीर्षकलाई अझै प्रभावकारी बनाउनुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ