९ मंसिर, काठमाडौं । गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले आगामी सोमबार छलफल गर्ने भएको छ ।

अदालतले नियुक्तिविरुद्ध अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको हो ।

न्यायाधीश डा. रत्नबहादुर बागचन्दको इजलासले प्रारम्भिक सुनुवाइपछि दुवै पक्षको कुरा सुनेर मात्रै अन्तरिम आदेशबारे निष्कर्षमा पुग्नु उपयुक्त हुने ठहर गर्दै छलफलका लागि बोलाउने आदेश दिएको हो ।

सफलता बोगटी लगायतले आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णय गैरकानुनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

नागरिकताको विषयमा विवाद रहेको तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा अनुसन्धान भइरहेको व्यक्तिलाई सरकारले कोषको उपाध्यक्षमा नियुक्त गरेको भन्दै रिट निवेदनमा नियुक्ति बदर गर्न माग गरिएको छ ।

यसै विषयमा आगामी सोमबार दुवै पक्षबीच छलफल भएपछि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने निर्णय गर्नेछ ।

९

 

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ