काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रममा फेरबदल गरेका छन्। राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै संविधानबमोजिम नयाँ मर्यादाक्रम तथा मन्त्रालयको जिम्मेवारी तोकिएको जनाएको छ।
नयाँ मर्यादाक्रमअनुसार डा. स्वर्णिम वाग्ले दोस्रो, सोविता गौतम तेस्रो, शिशिर खनाल चौथो र विराज भक्त श्रेष्ठ पाँचौँ स्थानमा रहेका छन्। वाग्लेले अर्थ, गौतमले कानुन, न्याय तथा संसदीय मामिला, खनालले परराष्ट्र तथा श्रेष्ठले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन्।



यसैगरी सुधन गुरुङलाई गृह, सुनिल लम्साललाई पूर्वाधार विकास तथा महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिइएको छ। सीता बादी, प्रतिभा रावल, निशा मेहता र सस्मित पोखरेललाई क्रमशः महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा; भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन; स्वास्थ्य तथा खाद्य स्वच्छता; तथा शिक्षा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
त्यस्तै खडक राज पौडेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, डा. विक्रम तिमिल्सिनालाई सूचना तथा सञ्चार, गीता चौधरीलाई कृषि, वन तथा पर्यावरण, दीपक कुमार साहलाई उद्योग, वाणिज्य तथा आपूर्ति र रामजी यादवलाई युवा, श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिइएको छ।
सत्र सदस्यीय मन्त्रिपरिषद्मा प्रधानमन्त्री बालेन्द्र शाहले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














