काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पाइपलाइनमार्फत घरघरमा ग्यास वितरण गर्ने नीति सरकारले तत्काल बनाउनुपर्ने बताएकी छन्।

उनले ग्यास वितरण प्रणालीलाई व्यवस्थित र सुरक्षित बनाउन पाइपलाइनमार्फत ग्यास पुर्‍याउने दीर्घकालीन नीति आवश्यक रहेको बताइन्। डंगोलले सरकारले यस विषयमा आवश्यक योजना र प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिइन्।बिहीबार टेकुस्थित बायो–मिथेनेसन प्लान्टको परीक्षण कार्यक्रममा उनले पाइपलाइनमार्फत ग्यास वितरण गर्ने नीति तत्काल बनाउन माग गरेकी हुन् । बायोग्यास उत्पादनपछि त्यसको वितरण कसरी गर्ने भन्ने विषयमा स्पष्ट नीति नहुँदा सञ्चालनमा चुनौती आउने देखिएको उनले बताइन् ।

उनका अनुसार पाइपलाइनमार्फत ग्यास वितरण गर्न सके उपभोक्तालाई सहज हुनुका साथै ग्यास सिलिन्डर ढुवानी तथा व्यवस्थापनमा समेत सहजता आउनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ