काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य निमा गिरीले राजनीतिमा गलत भाष्य स्थापित गर्ने प्रयास भइरहेको भन्दै त्यसलाई चिर्न पार्टी सक्रिय हुनुपर्ने बताएकी छन्।

कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै गिरीले अहिलेको राजनीतिक अवस्थालाई विश्लेषण गर्दै जनताले सही राजनीतिक अर्थ बुझ्ने वातावरण बनाउन कांग्रेसले भूमिका खेल्नुपर्ने धारणा राखिन्। उनले पार्टीले जनतासँगको भेटघाट र संवादलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन्।

गिरीले कांग्रेसलाई ‘राजमार्गमा कुदाइएको ट्र्याक्टर’ जस्तो भएको टिप्पणी गर्दै पार्टीलाई तीव्र गतिमा अघि बढ्ने प्रभावकारी शक्तिका रूपमा विकास गर्नुपर्ने बताइन्।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भमा उनले हिंसालाई महिला वा पुरुषसँग मात्र जोडेर हेर्न नहुने बताउँदै हिंसा हिंस्रक व्यक्तिले गर्ने धारणा राखिन्।

उनले नेपालमा पटक–पटक संविधान बने पनि नागरिकका सामान्य समस्याको समाधान हुन नसकेको टिप्पणी गरिन्। विद्यालय र न्यायालय लयमा चल्न नसक्दा देश सही ढंगले अघि बढ्न नसक्ने उनको भनाइ थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ