काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्ने सरकारको निर्णयविरुद्ध निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा बहस सकिएको छ ।
आफूलाई गैरकानुनी रूपमा आईजीपी पदबाट हटाएर सुरक्षा सल्लाहकारमा सरुवा गरिएको दाबी गर्दै कार्कीले सरकारको निर्णय कार्यान्वयन रोक्न मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।



बालेन्द्र शाह नेतृत्वको सरकारले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्दै डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।
बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा रिटमाथि दुवै पक्षका कानुन व्यवसायीको बहस सकिएको हो ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














