भक्तपुर । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुमबासीहरूले थाल ठटाएर विरोध प्रदर्शन गरेका छन्। स्थानीय प्रशासनले होल्डिङ सेन्टरमा रहेका सुकुमबासीलाई दिउँसो २ बजेसम्ममा उक्त स्थान छाड्न निर्देशन दिएपछि उनीहरूले विरोध प्रदर्शन गरेका हुन्।
सुकुमबासीहरूले आफूहरूको बास र गाँस खोसिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनीहरूले आफूहरूलाई तत्काल व्यवस्थापन नगरी होल्डिङ सेन्टरबाट हटाउन खोजिएको भन्दै विरोध जनाएका हुन्।



विरोध प्रदर्शनका क्रममा होल्डिङ सेन्टर परिसरमा नागरिक अभियन्ता तथा जेन्जी अभियन्ताहरू समेत पुग्ने क्रम जारी रहेको जनाइएको छ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














