काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

शुक्रबार अदालतमा उपस्थित गराइएका अर्याललाई थप अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न अनुमति दिइएको काठमाडौं जिल्ला अदालतका प्रवक्ता शिव खतिवडाले जानकारी दिए ।

प्रहरीले अर्याललाई जिल्ला सरकारी वकिल कार्यालयमार्फत शुक्रबार अदालतमा पेस गरेको थियो । मलेसियामा वैदेशिक रोजगारीका लागि जाने नेपाली श्रमिकबाट बायोमेडिकल सेवा शुल्क असुली गरिएको प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

भारतमा पक्राउ परेका अर्याललाई प्रहरीले बिहीबार काठमाडौं ल्याएको थियो । यस प्रकरणमा प्रहरीले दुई पूर्वमन्त्रीसहित १० जनालाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ