काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमलाई भौतिक पूर्वाधार विकासमा परिचालन गर्न विशेष प्रकृतिको ऋणपत्र जारी गर्ने विषयमा छलफल भइरहेको बताएका छन् ।
शुक्रबार नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले कोषमा रहेको रकम परिचालन गर्दा अनिवार्य पेन्सनको दायित्व सुनिश्चित हुने गरी ब्याजदर निर्धारण गरेर ऋणपत्र जारी गर्ने विषयमा गृहकार्य भइरहेको जानकारी दिए ।



उनले सामाजिक सुरक्षा कोषको रकमलाई राज्यको भौतिक पूर्वाधार विकाससँग जोड्ने सरकारको योजना रहेको उल्लेख गरे ।
त्यस्तै, छरिएर रहेका विभिन्न सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत संरचनामा ल्याएर दिगो सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउने विकल्पमाथि पनि छलफल भइरहेको उनले बताए ।
स्वास्थ्य बीमालगायतका लोककल्याणकारी कार्यक्रमको समीक्षा भइरहेको जानकारी दिँदै अर्थमन्त्री वाग्लेले आगामी बजेटमार्फत यस्ता कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइने बताए ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














