तनहुँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीप्रति असन्तुष्ट रहेका जनता तथा कार्यकर्ताको विश्वास पुनः जित्दै एमालेलाई जनताको भरोसायोग्य पार्टी बनाउने बताएका छन् ।
नेकपा एमाले तनहुँले आज दमौलीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीलाई थप सशक्त र बलियो बनाएर अघि बढाउने बताएका हुन् ।



उनले निर्वाचनमा प्राप्त परिणामलाई आत्मसमीक्षाको अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्दै पार्टीप्रति जनताको विश्वास पुनः स्थापित गर्न नेता तथा कार्यकर्ता एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।
एउटा निर्वाचनमा पराजित हुँदैमा एमालेको राजनीतिक भविष्य समाप्त नहुने बताउँदै उनले निराश नभई पार्टी सुदृढीकरणमा जुट्न कार्यकर्तालाई आग्रह गरे ।
उनले भने, “एउटा निर्वाचनमा एमाले पराजित भयो भन्दैमा पार्टीको भविष्य सकिएको छैन । पार्टीलाई अझ सशक्त र बलियो बनाएर लैजान्छौँ । एमालेसँग असन्तुष्ट जनता र कार्यकर्ताको मन जित्दै पार्टीलाई पुनः जनताको भरोसायोग्य बनाउँछौँ ।”
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














