काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई ५ करोड ७५ लाख अमेरिकी डलर बराबरको ऋण तथा अनुदान सहायता स्वीकृत गरेको छ ।
काठमाडौं उपत्यकाको खानेपानी आपूर्ति तथा ढल निकास प्रणाली सुधारका लागि एडीबीले उक्त सहायता स्वीकृत गरेको हो ।



स्वीकृत सहायतामध्ये ५ करोड अमेरिकी डलर ऋण र ७५ लाख अमेरिकी डलर अनुदान रहेको छ । यो रकम नेपाली रुपैयाँमा करिब ८ अर्ब ४९ करोड बराबर हुन्छ ।
‘काठमाडौं भ्याली वाटर सेक्टर रिफर्म प्रोग्राम’ मार्फत उक्त कार्यक्रम कार्यान्वयन गरिने एडीबीले जनाएको छ ।
काठमाडौं उपत्यकामा लामो समयदेखि देखिँदै आएको स्वच्छ खानेपानीको समस्या समाधान गर्नु परियोजनाको मुख्य उद्देश्य रहेको छ ।
त्यस्तै, खानेपानी तथा ढल व्यवस्थापनमा देखिएका कमजोर संस्थागत क्षमता, व्यावसायिक कार्यसम्पादनको अभाव, फोहोर पानी प्रशोधन सुविधाको कमी तथा एकीकृत योजना र विकासको अभावजस्ता समस्या समाधान गर्ने लक्ष्य परियोजनाले राखेको छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














