काठमाडौं । सरकारले सबै अस्थायी कर्मचारी तथा शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन आवश्यक आधार तयार गरेको जनाएको छ ।
मन्त्री वादीले अस्थायी रूपमा कार्यरत कर्मचारी तथा शिक्षकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यसहित आवश्यक नीतिगत तथा कानुनी आधार तयार गरिएको बताएका छन् ।नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो जानकारी दिएकी हुन् ।



उनका अनुसार यस व्यवस्थाले अस्थायी कर्मचारी तथा शिक्षकको सामाजिक सुरक्षा सुनिश्चित गर्न सहयोग पुग्नेछ । यसबाट उनीहरूलाई सामाजिक सुरक्षा कोषमार्फत उपलब्ध हुने सुविधा प्राप्त गर्ने बाटो खुल्ने अपेक्षा गरिएको छ ।चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा कोषको खर्च शीर्षकमा विनियोजन गरिएको एक अर्ब ८० करोड ६३ लाख रुपैयाँमध्येबाट सङ्घीय सरकारअन्तर्गत करारमा कार्यरत कर्मचारी, राहत शिक्षक र बाल विकास सहजकर्तालाई कोषमा आबद्ध गराउने आधार तयार गरिएको उनले जानकारी दिइन् ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














