काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड भिसा इन्टरनेशनलका दुई प्रतिष्ठित विधामा सम्मानित भएको छ ।

भिसा इन्टरनेशनलले आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा बैंकले ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन भ्यालु एडेड सर्भिसेस’ विधामा अवार्ड प्राप्त गरेको हो ।

ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षालाई ध्यानमा राख्दै नवीनतम प्रविधिमा आधारित भिसाअन्तर्गतका बैंकिङ सेवा विकास तथा विस्तार गरेको भन्दै बैंकलाई सम्मान गरिएको हो । डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन, नवीन बैंकिङ समाधानको कार्यान्वयन तथा ग्राहकलाई उत्कृष्ट सेवा र सुविधा प्रदान गरेको योगदानको कदरस्वरूप बैंकले उक्त अवार्ड प्राप्त गरेको जनाएको छ ।

आधुनिक प्रविधिको प्रयोगमार्फत उत्कृष्ट ग्राहक सेवा प्रदान गर्दै आएको बैंकले यसअघि ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ ।

त्यस्तै, बैंकले युरोमनी अवार्ड फर एक्सिलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेस्ट इम्प्लोयरलगायतका प्रतिष्ठित पुरस्कारसमेत प्राप्त गरेको छ ।

मुलुकका सबै ७७ जिल्लामा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंकका रूपमा रहेको ग्लोबल आइएमई बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशमा तीन प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।

बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ